टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउपछि नेपाल ल्याइन्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १७, आईतबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउपछि नेपाल ल्याइन्

काठमाडौ, १७ जेठ। टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।

अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए । अधिकारी भने फरार थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस