रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली निर्वाचित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १७, आईतबार (२ घण्टा अघि)
  • ३५ पटक पढिएको
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली निर्वाचित

काठमाडौ, १७ जेठ। चितवनको भरतपुर महानगरपालिकाको रास्वपा सभापतिमा सीता ज्ञवाली नै दोहोरिएकी छन् ।

सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पछि पार्दै ज्ञवाली पुन: सभापति चुनिएकी हुन् । ज्ञवालीले ३३५ र गैरेले २५६ मत पाएका छन् ।

सीता संस्थापनकालदेखिकै महानगर सभापति हुन् । यसपटक पनि उनलाई सर्वसम्मत बनाउने प्रयास भएको थियो तर गैरेले सभापति पदमा दाबी गरेपछि निर्वाचन भएको थियो, जसमा प्रतिनिधिहरुले सीतालाई नै पुन: चयन गरे ।

यसैगरी उपसभापतिमा दिवाकर श्रेष्ठ ३६६ मतसहित विजयी भए । अर्का प्रत्यासी इन्दिरा बरालले २०९ मत पाइन् ।

सहसचिवमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुँदा बोधननाथ सुवेदीले १३० मत पाए ।

सदस्यहरुमा सुनिता तिवारी, इन्दिरा अर्याल, गीता रायमाझी, उषा शर्मा, शान्तिमाया थापा क्षेत्री, एन्जिला अधिकारी, सिता कुमारी पौडेल, सन्त कुमारी चापागाईं र संगिता बराली चयन भएका छन् ।

यसैगरी अनिल जिसी, नन्दप्रसाद भट्ट, दयाराम सुवेदी, नरसिंह भण्डारी, यामलाल उपाध्याय, सुमन सुवेदी, भरत घिमिरे पनि सदस्य निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुमा ध्रुव केसी, निर्देश श्रेष्ठ र डिल्लीराज भण्डारी चुनिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस