बालेनको अभिव्यक्तिविरुद्ध एमाले सडकमा, प्रदर्शन चर्कियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (६ घण्टा अघि)
  • ३० पटक पढिएको
बालेनको अभिव्यक्तिविरुद्ध एमाले सडकमा, प्रदर्शन चर्कियो

काठमाडौ, १८ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा नेकपा एमालेले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी एमाले कार्यकर्ताले राष्ट्रियता सम्बन्धी नारा लगाउँदै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उनीहरूले “राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद”, “कालापानी र लिपुलेक हाम्रै हो”, “राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर” लगायतका नारा लगाएका थिए।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना भइरहेको छ।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र नेपालको आधिकारिक धारणा विपरीत सन्देश दिएको आरोप लगाउँदै त्यसलाई तत्काल फिर्ता लिन माग गरेको छ। प्रदर्शनकारीहरूले नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिबारे विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणबाट समेत मिश्रित प्रतिक्रिया आइरहेका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस