ओली भन्छन्– कार्की आयोगलाई मैले बयान दिएको होइन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २०, बुधबार (१ महिना अघि)
  • १०४ पटक पढिएको
ओली भन्छन्– कार्की आयोगलाई मैले बयान दिएको होइन

काठमाडौ, २० जेठ। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् ।

असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर फिर्ता पठाइदिएँ । तर मैले बयान दिइनँ ।’

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न सुशील कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गौरीबहादुर कार्की नेतृत्वमा आयोग गठन गरेको थियो । सो आयोगले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री पदमा रहेका ओलीलाई फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको सरकारले जाँचबुझ प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते ओली पक्राउ परेका थिए ।

फागुन २१ को चुनावमा एउटा पूर्वनिर्धारित नाटक भएको आरोप लगाएका छन् । चुनाव सकिएको करिब तीन महिनापछि उनले चुनावको परिणाममाथि प्रश्न उठाएका छन् ।

उनले जे जस्तो भए पनि अब चुनावी परिणामलाई स्वीकारेर संसद्मा भूमिका खेलिरहेको उल्लेख गरे ।

‘चुनाव नाटक तमासा हो । हामीले पहिलोपल्ट होइन । धेरै पटक चुनाव लडेका छौं । उम्मेदवारले अधिकांश मतदाता चिनेका छन् । खारेज भएको उम्मदवारको मत डबल आउने भनेको पूर्वनिर्धारित योजना अन्तर्गत हो’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस