सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २०, बुधबार (४ महिना अघि)
  • १२४ पटक पढिएको
सुनको सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौ, २० जेठ। सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका–३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका–७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका–२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका–१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् ।

तारकेश्वर नगरपालिका–८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्याले टेकले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रूपयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस