विमानस्थलमा भीड नगर्न कक्रोच जनता पार्टीका संस्थापक दिपकेको अनुरोध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २२, शुक्रबार (१० घण्टा अघि)
  • ४० पटक पढिएको
विमानस्थलमा भीड नगर्न कक्रोच जनता पार्टीका संस्थापक दिपकेको अनुरोध

काठमाडौं, २२ जेठ। कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले अमेरिकाबाट भारत फर्किनुअघि आफ्नो पूर्वयोजनामा परिवर्तन गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल एक्स मार्फत एक भिडियो सन्देश जारी गर्दै उनले समर्थक र विद्यार्थीहरूलाई जुन ६ तारिखमा आफूलाई लिन दिल्ली विमानस्थलमा भिडभाड नगर्न विशेष अपिल गरेका हुन्।

यसअघि उनले समर्थकहरूलाई विमानस्थलमै आउन आह्वान गरेका थिए। तर, आफ्नो आन्दोलनले अपेक्षा गरेभन्दा धेरै जनसमर्थन पाइरहेको अवस्थामा विमानस्थलमा ठूलो भिड जम्मा हुँदा सर्वसाधारण र सुरक्षाकर्मीलाई असुविधा हुने भन्दै उनले सो अपिल फिर्ता लिएका हुन्।

अशान्ति र अव्यवस्था नफैलियोस् भनेर आफूले यो निर्णय लिएको उनले प्रस्ट पारेका छन्।

दिपकेले विमानस्थलमा ओर्लिएपछि जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शनको आधिकारिक अनुमति लिन आफू सिधै संसद मार्ग प्रहरी चौकी जाने जानकारी दिएका छन्। उनले भनेका छन्, ‘हामी कानुनको पालना गर्ने जिम्मेवार नागरिक हौँ, त्यसैले हामीले जिम्मेवारीपूर्वक नै काम गर्नुपर्छ।’

शिक्षामन्त्रीको राजीनामा माग

यसैबीच, पार्टीले सौरभ दास, विजेता दहिया र आशुतोष रांकालाई आधिकारिक प्रवक्ता नियुक्त गरेको छ।

उनीहरूले दिल्लीमा पार्टीको पहिलो पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका छन्।

जुन ६ मा जन्तरमन्तरमा हुने सीजेपीको प्रदर्शनमा प्रसिद्ध शिक्षाविद् सोनम वाङचुक पनि सहभागी हुन सक्ने बताइएको छ। पत्रकार सम्मेलनमार्फत पार्टीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागलाई दोहोर्‍याएको छ।

सीजेपीका प्रवक्ता सौरभ दासले सीबीएसई अध्यक्ष राहुल सिंह र सचिव हिमांशु गुप्ताको सरुवा देखावटी मात्र भएको बताउँदै शिक्षा व्यवस्थामा जवाफदेहीता तय हुनुपर्ने र सरुवा मात्रै समाधान नभएको स्पष्ट पारे।

ताजा अपडेट

खोजी गर्नुहोस