सुनका गहना चोरी गरेको आरोपमा दुई जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (२ घण्टा अघि)
  • २५ पटक पढिएको
सुनका गहना चोरी गरेको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं, २७ जेठ। सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ घर भएका १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ घर भएका ४८ वर्षीय मनोज विश्वकर्मा छन् ।

किशोर चोरीमा र मनोज चोरीको सुन किनेको आरोपमा पक्राउ परेका हुन् । मनोज सुन पसल सञ्चाल समेत हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।

किशोरले कटारी नगरपालिका–३ मा सानुमाया तामाङको घरबाट सुनका गरगहना चोरी गरेको आरोप छ । नगद २ लाख ५० हजार र सुनका १८ लाखका गरगहना गरी २० लाख ५० हजारको चोरी भएको बताइएको छ ।

चोरी गरेर काठमाडौं आएका ती किशोर र सुन किन्ने दुबैलाई कटारी पठाइएको प्रहरीले बताएको छ । उनीहरुबाट प्रहरीले सुनका चुरा ६ थान पनि बरामद गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस