बौद्धमा वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २८, बिहिबार (२ घण्टा अघि)
  • १९ पटक पढिएको
बौद्धमा वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २८ जेठ। काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–१ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामा भन्ने टाइजन याजाकीलाई पक्राउ गरेको हो ।

जेठ २४ गते दिउँसो १२:३५ बजेको समयमा काठमाडौं महानगरपालिका–६ बौद्धको फूलबारी हिमालयन जाभा पछाडि सडकमा उनले बौद्धको सानो टुसाल घर भएका ७९ वर्षीय वृद्धलाई कैँची प्रहार गरेर घाइते पारेको प्रहरीले जनाएको छ ।

ती वृद्धलाई तत्काल उद्धार गरेर स्तुपा सामुदायक अस्पताल चुच्चेपाटी लगेको र त्यहाँबाट सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका याजाकीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस