प्रधानमन्त्रीको बोली रेकर्डबाट कहिले हट्छ ? सभामुखलाई हर्क साम्पाङको प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १, सोमबार (२ घण्टा अघि)
  • ३२ पटक पढिएको
प्रधानमन्त्रीको बोली रेकर्डबाट कहिले हट्छ ? सभामुखलाई हर्क साम्पाङको प्रश्न

काठमाडौं, ०१ असार। श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने माग निरन्तर राख्दै आएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सोधे, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस