संसद्‍मा प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ४, बिहिबार (२ घण्टा अघि)
  • ३१ पटक पढिएको
संसद्‍मा प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत

काठमाडौं, ०४ असार। प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेकाछन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो ।

तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।

यसबाहेक प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने थियो ।

यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् । यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।

अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ पनि आजै दिने कार्यसूची छ ।

यसअघि प्रधानमन्त्रीको तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अर्थमन्त्री वाग्लेले नै सुनेका थिए । वाग्लेले नै जवाफ दिएका थिए ।

बजेटको हकमा पनि प्रधानमन्त्रीले आफ्नो तर्फबाट जवाफ दिने जिम्मा अर्थमन्त्री वाग्लेलाई दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस