राप्रपामा ठूलो झट्का, काठमाडौं अध्यक्षसहित १०७ जनाले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
राप्रपामा ठूलो झट्का, काठमाडौं अध्यक्षसहित १०७ जनाले दिए राजीनामा

काठमाडौं, ०५ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले सामूहिकरूपमा पार्टी परित्याग गरेका छन् । पार्टीके निति र विचारमा विचलन आएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको बताएका छन् ।

उनले भनेका छन्, ‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ ।’

यसअघि सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको वैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो । यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी छ । राजीनामा दिनेमा राप्रपाको काठमाडौ महानगर अध्यक्ष केदारबहादुर धमला पनि छन् ।

राप्रपा काठमाडौं जिल्लाका विभिन्न तहमा कार्यरत साथीहरू आजकै मितिदेखि पार्टीबाट अलग भई स्वतन्त्र बस्ने निर्णय गरेका छन्। वैचारिक प्रतिबद्धता: पार्टी छाडे पनि आफ्नो मूल विचार र सिद्धान्तबाट भने विचलित नहुने उनीहरूले स्पष्ट पारेका छन् ।

नामावली सार्वजनिक गरिने: राप्रपाबाट अलग हुने नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः प्रकाशित गरिने ढकालले जानकारी दिनुभएको छ। राप्रपा काठमाडौंको यो सामूहिक राजीनामा सँगै देशैभरका पार्टीका जिल्ला अध्यक्षहरू लगायतका साथीहरूमा समेत उच्च आदर र सम्मान व्यक्त गरिएको छ।

राप्रपाको राजधानी संगठनमा देखिएको यो सामूहिक राजीनामालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस