सोनमा गाउँपालिकाका प्रशासकीय अधिकृत यादवविरुद्ध अख्तियारको मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (२ घण्टा अघि)
  • ४४ पटक पढिएको
सोनमा गाउँपालिकाका प्रशासकीय अधिकृत यादवविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं, ०५ असार। महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर घुस मागेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले यादवलाई उक्त रकम घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस