रास्वपा महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (२ घण्टा अघि)
  • २९ पटक पढिएको
रास्वपा महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङ

काठमाडौं, ०५ असार। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् ।

सभापति रवि लामिछानेले विशिष्ट अतिथिका रूपमा उपस्थित भई शुभकामना दिन गरेको निम्तो उनले अस्वीकार गरेका हुन् ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई महाधिवेशनमा निम्तो आएको पुष्टि गर्दै त्यसप्रति धन्यवाद व्यक्त गरे पनि हालको राजनीतिक परिस्थितिका कारण उपस्थित हुन नसक्ने बताए ।

उनले लेखेका छन्, ूरास्वपाले आफ्नो महाधिवेशनमा मलाई निम्तो दिएको छ। मलाई थाहा छ, यो कर्टेसी रविजीको हो। प्रधानमन्त्रीले सीमाबारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुन्थ्यो। आएन। म उपस्थित बन्न सक्दिनँ है।ू

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस