महाधिवेशन स्थलमै डीडीसीका उत्पादन, छुटसहित बिक्री सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (२ घण्टा अघि)
  • ३४ पटक पढिएको
महाधिवेशन स्थलमै डीडीसीका उत्पादन, छुटसहित बिक्री सुरु

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ ।

महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तीनमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीको चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जिवी बस्नेतले जानकारी दिए ।

डीडीसीका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै बिक्री केन्द्र सञ्चालन गरिएको हो ।

यसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले डीडीसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा भाइरल भएको थियो । त्यसको केही दिनमै मन्त्रिपरिषद् बैठकमा सहभागी सदस्यहरूको अगाडि डीडीसीका उत्पादनका प्याकेट सहितको तस्बिर सार्वजनिक भएको थियो ।

कम्पनी ऐन अन्तर्गत २०२१ सालमा स्थापना गरिएको  दुग्ध विकास संस्थान (डीडीसी) पूर्ण रूपमा सरकारको स्वामित्वमा रहेको संस्था हो । यसले किसानहरुबाट उत्पादित दूध खरिद गरी दूध, दही, घ्यु, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा, लगायतका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस