प्रधानमन्त्री बालेन्द्र शाह चितवनको लटौली सेन्चुरी रिसोर्टमा तीन दिन बस्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (२ महिना अघि)
  • १२६ पटक पढिएको
प्रधानमन्त्री बालेन्द्र शाह चितवनको लटौली सेन्चुरी रिसोर्टमा तीन दिन बस्ने

काठमाडौं, ०७ असार। प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाविधेशनमा भाग लिन आइतबार चितवन आएका छन् । उनी महाधिवेशनको उद्घाटन, बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आएका हुन् ।

प्रधानमन्त्री शाह कालिका नगरपालिका-९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् ।

रिसोर्ट ६ असारदेखि ४ दिनका लागि बुकिङ गरिएको छ ।

‘रिसोर्टका १६ वटा कोठा नै ६ असारदेखि बुक गरिएको छ, कसैलाई पनि भित्र जान दिइएको छैन,’ रिर्सोट स्रोतले भन्यो, ‘१३ वटा कोठामा पाहुना हुनेछन्, बाँकी ३ कोठा आवश्यकता अनुसार प्रयोग गर्ने भनिएको छ ।’

रिसोर्टमा शनिबार नै सुरक्षाकर्मीहरू पुगेर चेकजाँच गरेका थिए । नेपाली सेना र प्रहरीको टोली नै रिसोर्टमा शनिबारदेखि परिचालन गरिएको छ ।

रास्वपा महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर उत्तरपूर्वमा यो रिसोर्ट अवस्थित छ ।

चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धी जाने सडकको चोकमा यो रिसोर्ट पर्दछ ।

रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने जनाइएको छ ।

रिसोर्टका ३ वटा भीभीआईपी रुम तयार गरिएको छ । प्रधानमन्त्री शाह आउने भएपछि रिसोर्टका अधिकांश कर्मचारीलाई बिदा दिइएको छ । सीमित कर्मचारीहरू मात्रै राखेर सेवा दिन भनिएको छ । किचनमा दुई जना, हाउस किपिङमा दुई जना अन्य केही कर्मचारीहरू मात्रै राखिएका छन् । अरूलाई चार दिनसम्मका लागि बिदा दिइएको छ ।

रिसोर्टका सबै सीसीक्यामेराहरू बन्द गरिएका छन् । स्टार्फहरूलाई पनि फोटो खिच्न, मोबाइल लैजान रोक लगाइएको छ । आर्कषक डिजाइनमा तयार गरिएको यो रिसोर्ट पछिल्लो समयमा निकै चर्चामा छ । रिसोर्टका भिल्लाहरू नजिकै आर्कषक स्विमिङ पुल छ ।

लटौलीका साथै सोही कम्पनीले सञ्चालन गरेको भ्युरानकोट रिर्सोटका १४ कोठा पनि चार दिनका लागि प्रधानमन्त्रीको टिमले बुक गरेको छ ।

लटौली सेन्चुरी रिर्सोटभन्दा करिब ४ सय मिटरमाथि भ्युरानकोट रिसोर्ट छ । लटौलीको जस्तो सुविधा सम्पन्न नभए पनि कटेज टाइपका रुम र टेन्टेट बनाएर राख्ने गरिन्छ ।

स्थानीय ज्ञानेन्द्र खड्काले निर्माण गरेको यी दुवै रिसोर्ट सञ्चालन गर्दै आएका छन् । रास्वपा महामन्त्री भुपदेव शाह पनि केही दिन अगाडि यहीँ रिसोर्टमा बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस