
काठमाडौं, ०९ असार। फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो । निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन् ।
दुवै टोली यस विश्वकपको पहिलो खेलमा पराजित भएका थिए । त्यसैले दुवै पहिलो जितको खोजीमा छन् ।
