११ घण्टा मतदान, डेढ घण्टामा नतिजा सार्वजनिक गर्ने रास्वपा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १०, बुधबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
११ घण्टा मतदान, डेढ घण्टामा नतिजा सार्वजनिक गर्ने रास्वपा

काठमाडौं, १० असार। रास्वपाको महाधिवेशनमा उम्मेवाहरुको अन्तिम नामावली उपलब्ध नहुँदा मतदानमा विलम्व भएको छ ।

राम–लक्षण भोटिङ मेसिनका प्राविधिक राम प्रसाद रिमालले उम्मेदवारहरुको फोटोसहितको नामावली कुरिरहेको बताए । उनका अनुसार मेसिन तयारी अवस्थामा छन् ।

अब निर्वाचन आयोगले उपलब्ध गराउने उम्मेदवारहरुको फोटोसहितको नामावली पाउनासाथ त्यसलाई इन्ट्री गर्ने क्रम सुरु हुने छ ।

करिब ८० वटा मेसिन मतदानका लागि तयारी अवस्थामा राखिएको छ । ती हरेक मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली इन्ट्री गर्नुपर्ने हुन्छ ।

त्यसका लागि १०–१५ घण्टा समय माग गरिए पनि अहिलेको अवस्थामा ५–६ घण्टामा इन्ट्रीको काम सक्ने गरी तयारी गरिएको रिमालले बताए । ‘हामीले समय त १०–१५ घण्टा मागेका हौं । तर अहिलेको अवस्थाले त्यो फूल समय दिँदैन । प्यारालली काम गरेर ५–६ घण्टामा मेसिनको सेटअपको काम सिध्याउँछौं,’ उनले भने, ‘अहिले यतिखेरको अवस्थासम्म अन्तिम नामावली आइसकेको छैन ।’

रास्वपा विधान अनुसार निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य चुनिन्छन् । तर करिब ४०० जनाको मनोनयन दर्ता भएको छ । यस अनुसार एक जना प्रतिनिधिले ९९ केन्द्रीय सदस्यलाई भोट हाल्नुपर्छ । त्यसैले एक जना प्रतिनिधिलाई मतदान गर्न करिब १५ देखि १८ मिनेटसम्म लाग्ने अनुमान छ ।

मतदानका लागि ८० वटा मेसिन जडान गरेकाले सरदरमा १८ मिनेटमा ८० जनाले मतदान गरिसक्छन् । यस हिसाबले करिब ४ हजार प्रतिनिधिलाई मतदान गरिसक्न करिब १० देखि ११ घण्टा लाग्ने अनुमान छ । गणनाको लागि डेढ घण्टा मात्रै रिमालको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस