
काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ ।
पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ ।
यस्तै, महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ । महामन्त्री उम्मेदवारमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना,गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन् ।
आयोगले महामन्त्रीमा उम्मेदवार भनेर निकालेरका जगदिश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छ्न ।
यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन् । रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेदवार छन् ।
यस्तै, सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन् ।
एक जना पुरुष खुलातर्फको उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत भएका छन् भने पार्टी सभापति रवि लामिछाने पनि सर्वसम्मत बनेका छन् । आज ५ पदाधिकारीका लागि निर्वाचन हुँदैछ ।
रास्वपाको ६ दिनदेखि चलेको महाधिवेशनमा सहभागी धेरैजसो प्रतिनिधीहरु घर फर्किइसकेका छन् ।
