अन्तिम समयमा गोल वर्षा, अल्जेरिया–अस्ट्रिया बराबरीसँगै दुवै टोली अघि

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१४ घण्टा अघि)
  • ५३ पटक पढिएको
अन्तिम समयमा गोल वर्षा, अल्जेरिया–अस्ट्रिया बराबरीसँगै दुवै टोली अघि

काठमाडौं, १४ असार। फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीचको रोमाञ्चक बनेर बराबरीमा टुंगिएको छ ।

दुवै टोलीले अन्तिम समयमा ३–३ गोलको बराबरीमा खेल टुंग्याएका हुन् । यो नतिजा आउन दुवै टोलीले इन्जुरी समयमा १–१ गोल थप्दा खेल निकै रोमाञ्चक बनेको हो ।

खेलमा अस्ट्रियाले २८ औं मिनेटमा अग्रता हासिल गरेको थियो । अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५५ औं मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै  अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काउँदै बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल भएन । इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरिया जित नजिक पुग्यो ।

तर, लगत्तै इन्जुरी समयकै छैटौं मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेल ३–३ को बराबरीमा टुंग्याए ।

यो नतिजासँगै समूह ‘जे’बाट दुवै टोली नकआउट चरणमा प्रवेश पाए । एक जित, एक बराबर र एक हार बेहोरेर ४ अंक बटुलेको अस्ट्रिया अंक तालिकामा दोस्रो रहँदै नकआउट पुग्दा समान नतिजासहित ४ अंक बटुलेको अल्जेरिया गोलअन्तरले पछि पर्दै तेस्रो भयो ।

तर, प्रतियोगितामा उत्कृष्ट तेस्रोमा रहँदै उसले पनि नकआउट चरणमा स्थान बनाएको हो । यो समूहबाट सबै जित निकाल्दै साविक विजेता अर्जेन्टिना समूह विजेता रह्यो ।

जोर्डन भने बाहिरियो ।

ताजा अपडेट

खोजी गर्नुहोस