राष्ट्रिय धान दिवसमा आधुनिक खेतीको झल्को : ड्रोनबाट मल, मेसिनबाट रोपाइँ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (१० घण्टा अघि)
  • ३८ पटक पढिएको
राष्ट्रिय धान दिवसमा आधुनिक खेतीको झल्को : ड्रोनबाट मल, मेसिनबाट रोपाइँ

काठमाडौं, १५ असार। आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । ललितपुरको खुमलटारमा ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले खुमलटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो ।

प्रतिनिधिसभा, कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोककुमार चौधरीले धान रोप्ने खेतमा मल छर्नका लागि ड्रोन उठाएर महोत्सवको शुभारम्भ गरे ।

सो अवसरमा उनले खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले नीतिगत व्यवस्थामा राम्रो भएको भए पनि संरचनागत सुधारमा जोड दिनुपर्ने धारणा राख्दै किसान र कृषि अनुसन्धान परिषद्बीचको समन्वय र सम्पर्कलाई जोड दिँदै जलवायु अनुकूलन पोषणयुक्त धानको उत्पादनका लागि ध्यान दिनुपर्ने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस