काठमाडौंमा खुकुरी प्रहारका आरोपी अझै फरार, १० दिन बित्दा पनि पक्राउ परेनन्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (१० घण्टा अघि)
  • ६२ पटक पढिएको
काठमाडौंमा खुकुरी प्रहारका आरोपी अझै फरार, १० दिन बित्दा पनि पक्राउ परेनन्

काठमाडौं, १५ असार। काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउनप्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको १० दिन बित्दा पनि प्रहरीले अभियुक्तको पहिचानसम्म गर्न सकेको छैन ।

४ असारको संसाँझै सडकमै पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर भइ काठमाडौं छाउनी बस्ने २२ वर्षीय टोपजंग वलीमाथि खुकुरी आक्रमण भएको थियो ।

टाउको र पाखुरामा खुकुरी आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए । नम्बर नखुलेको मोटरसाइकलमा आएका एक पुरुषले वलीमाथि आक्रमण गरेका थिए । सो क्रममा टाउकाको बाँया भाग पाखुरामा गम्भीर चोट लागेको थियो ।

आक्रमणबाट भुइँमै ढलेर उनी छटपटाएका थिए । त्यसपछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । उनको अहिले पनि ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

टाउकोमा रगत जमेको भन्दै उनको अपरेशन समेत भएको थियो । प्रहरीले अहिलेसम्म उक्त आक्रमण कसले, के उदेश्यले गर्‍यो भन्ने केही पत्तो लगाउन सकेको छैन ।

यता पीडितका आफन्तले भने प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको गुनासो गर्दै आएका छन् ।

‘आक्रमणकारीले मर्‍यो भनेरै फालेको थियो । धारिलो हतियारले अन्धाधुन्दा आक्रमण गरेर फरार भयो । तर १० दिन बित्दा पनि अभियुक्तलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको छैन,’ पीडित आफन्त भन्छन् ।

अहिलेसम्मको अनुसन्धानअनुसार मोटरसाइकल खरिद गर्न भन्दै २ असारमा सम्पर्क गरेकोसम्म पत्ता लागेको छ । त्यो भन्दा बढी प्रगति भएको छैन ।

यता अपराध अनुसन्धान कार्यालयले भने अनुसन्धान भइरहेको मात्रै बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस