अवैध रूपमा ल्याइएका ३५ आईफोन बरामद, एक जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (८ घण्टा अघि)
  • ४७ पटक पढिएको
अवैध रूपमा ल्याइएका ३५ आईफोन बरामद, एक जना नियन्त्रणमा

काठमाडौं, १५ असार। रुपन्देहीमा भन्सार छली गरेर ल्याएका ३५ थान आईफोन र एक मोटरसाइकलसहित एक जना युवक पक्राउ परेका छन् ।

रुपन्देही, कोटहीमाई गाउँपालिका–५ बेनीनगरबाट सोही गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय पवनकुमार मुरावलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

उनले ३५ थान आईफोन भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको प्रहरीले भनेको छ । जसको मूल्य २० लाख ५० हजार रुपैयाँ बराबर रहेको भनिएको छ ।

मुरावले चलाएको यूपी ५३ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ती आइफोनहरू फेला परेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस