लौका, काउली र आलुपछि रायो सागमा पनि अत्यधिक विषादी फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १६, मंगलबार (१३ घण्टा अघि)
  • ४५ पटक पढिएको
लौका, काउली र आलुपछि रायो सागमा पनि अत्यधिक विषादी फेला

काठमाडौं, १६ असार। मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १२ पसलको १२ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

१२ असारमा पनि धादिङ, मकवानपुर र सल्यानबाट आएका लौका, काउली र आलुमा अत्यधिक विषादी भेटिएको थियो ।

परीक्षणका क्रममा धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट ल्याइएको आलुमा ६६.९९ प्रतिशत विषादी पाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस