प्रहरीको भेषमा हत्कडी लगाएर लुटपाट गर्ने पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १६, मंगलबार (११ घण्टा अघि)
  • ५६ पटक पढिएको
प्रहरीको भेषमा हत्कडी लगाएर लुटपाट गर्ने पक्राउ

 काठमाडौं, १६ असार। प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखाका ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।  शेरबहादुरको वनस्थीस्थित कोठामा उनका साथी जग्गा खरिद गर्न भन्दै पुगेका थिए ।

सोही समयमा करिब ५/६ जनाको समूह आई प्रहरी भन्दै उनको साथमा रहेको १० लाख ९५ हजार नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ ।

उनीहरूविरुद्ध ७ दिनको म्याद लिई प्रहरी वृत्त बालाजुबाट अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस