रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज शपथ लिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १७, बुधबार (१३ घण्टा अघि)
  • ४२ पटक पढिएको
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं, १७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ । आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो । उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् ।

रास्वपाले ९९ जनाको सूचीमा दुई जनाको नाम सच्याएको छ । २ जनाको नाम हटाएर नयाँ दुई जनालाई समेटेपछि विवाद भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस