उत्कृष्ट कार्यसम्पादनका लागि ३ डीआईजीसहित १०४ प्रहरी पुरस्कृत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (११ घण्टा अघि)
  • ३७ पटक पढिएको
उत्कृष्ट कार्यसम्पादनका लागि ३ डीआईजीसहित १०४ प्रहरी पुरस्कृत

काठमाडौं, २१ असार। नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरिएके छ ।

उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै एसएसपी रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला, वेद बिष्टलाई जनही २५ सयसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी एसपीहरु चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा, सूर्यबहादुर थापालाई पनि जनही २४ सय नगदसहित पुरस्कृत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस