नक्कली प्रहरीको भेषमा ठगी गर्ने महिला पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (११ घण्टा अघि)
  • ४३ पटक पढिएको
नक्कली प्रहरीको भेषमा ठगी गर्ने महिला पक्राउ

काठमाडौं, २१ असार। प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले आफू प्रहरीको असई बताउँदै असईको बर्दी समेत लगाउने गरेको प्रहरीले बताएको छ । बर्दी लगाएको तस्वीर समेत देखाउँदै विभिन्न आश्वासन दिँदै ई-सेवा तथा मोबाइल बैंकिङ एपमा पटक पटक गरी १५ लाख ५० हजार रुपैयाँ हाल्न लगाएर ठगी गरेको अपराध अनुसनधान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताए ।

गोंगबुबाट पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस