पूर्णाङ्क नघटाउन र शुल्क २ हजार कायम गर्न माग गर्दै आइओईमा तालाबन्दी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २२, सोमबार (९ घण्टा अघि)
  • ४१ पटक पढिएको
पूर्णाङ्क नघटाउन र शुल्क २ हजार कायम गर्न माग गर्दै आइओईमा तालाबन्दी

काठमाडौं, २२ असार। इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले ३ बुँदे माग राखेर आन्दोलन सुरु गरेको छ। धर्नामा बसेका विद्यार्थीहरूले डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी समेत गरेका छन् । सूचना प्रविधि केन्द्रमा पनि ताला लागाइएको छ ।

‘विद्यार्थीहरूको जायज मागप्रति सम्बन्धित निकायले गम्भीरता नदेखाएको, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नआएकोले धर्नामा बस्नु परेको हो,’ स्ववियु उपाध्यक्ष रोशन साउदले भने ।

उनका अनुसार शिक्षा मन्त्रालयमा पनि समस्याबारे जानकारी गराइएको छ । प्रवेश परीक्षाको पूर्णाङ्क घटाउने निर्णयले प्रवेश परीक्षाको गुणस्तर र विश्वसनीयतामा प्रत्यक्ष असर पार्नुका साथै दीर्घकालीन रूपमा इन्जिनियरिङ अध्ययन संस्थानको शैक्षिक मापदण्ड, प्रतिस्पर्धात्मकता र प्रतिष्ठासमेत कमजोर बनाउने जोखिम रहेको ठहर स्ववियुको छ ।

त्यसैले उक्त निर्णय तत्काल फिर्ता लिई प्रवेश परीक्षाको पूर्णाङ्क साविकबमोजिम १४० नै कायम गर्न माग गरिएको छ । प्रवेश परीक्षा शुल्क साविकबमोजिम २ हजार कायम गर्न पनि भनिएको छ । त्यस्तै प्रवेश परीक्षाको पाठ्यक्रम सार्वजनिक गर्नुपर्ने स्ववियुको माग छ । मागहरू पूर्ण रूपमा सम्बोधन नभएसम्म तालाबन्दी यथावत् रहने स्ववियुले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस