सरकारलाई एमालेको चेतावनी : गरिबका आँसु निकै महँगो पर्नेछ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २५, बिहिबार (११ घण्टा अघि)
  • ३९ पटक पढिएको
सरकारलाई एमालेको चेतावनी : गरिबका आँसु निकै महँगो पर्नेछ

काठमाडौं, २५ असार। नेकपा एमालेले सुकुम्बासीको व्यवस्थापन सही तरिकाले हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्नै एमालेकी सांसद एशुदा कुमारी बरालले प्रश्न गरिन्, ‘सुकुम्बासी जनता हुन कि हैनन् ? उहाँहरूले बाँच्न पाउने कि नपाउने ?’

२५ हजार लिएर आफैँ आफ्नो व्यवस्थापन गर भन्ने विषय व्यवहारिक नरहेको उनले बताइन् ।

‘२५ हजार हातमा थमाएर सडकमा धपेदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरू स्वतन्त्र पूर्वक बाँच्न पाउनुहुन्छ कि पाउनुहुन्न ?’, उनले अगाडि थपिन्, ‘यी गरिबका आँसु निकै महंगो हुनेछन् । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस