‘१ साउनमा विकास आयोजनाका कति टेन्डर निस्कँदैछन् ?’ : आशिष गजुरेल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २५, बिहिबार (९ घण्टा अघि)
  • ३७ पटक पढिएको
‘१ साउनमा विकास आयोजनाका कति टेन्डर निस्कँदैछन् ?’ : आशिष गजुरेल

काठमाडौं, २५ असार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका आयोजनालाई समयमै अगाडि बढाउन टेन्डर प्रक्रियामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १ साउनदेखि बजेट लागु हुने स्मरण गरे ।

‘अब साउन १ गते विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ? हामी हेरिराखेका छौं, हामी नियालीराखेका छौं’ उनले भने ।

साउन १ गते गोरखापत्रमा धेरै टेण्डका सूचना आउने आशा रहेको उनले बताए ।

‘त्यो दिन हामी प्रतिक्षा गरिराखेका छौं, गोरखापत्रको पुरै पेज टेन्डरले भरिनेछ । अझ गोरखापत्रको पेजले पुग्दैन । थप गर्नुपर्छ भनेर हामी बसिराखेका छौं ।’

यसो भयो भने पूँजीगत खर्च गर्न सकिने उनले बताए । पुजीगत खर्च फेरि ४० प्रतिशतमै सीमित भयो भने जनताको अगाडि मुख देखाउन नसकिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस