शैक्षिक परामर्श नियमावलीमा १४ संघ–संस्थाको आपत्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (११ घण्टा अघि)
  • ३४ पटक पढिएको
शैक्षिक परामर्श नियमावलीमा १४ संघ–संस्थाको आपत्ति

काठमाडौं, २८ असार। ‘शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली २०८३’ प्रति शैक्षिक परामर्श संघ-संस्थाहरूले आपत्ति जनाएका छन् ।

१४ वटा शैक्षिक परामर्श संघसंस्थाहरूले विज्ञप्ति निकालेर मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको नियमावलीप्रति आपत्ति जनाएका हुन् ।

नियमावलीमा अव्यावहारिक धरौटीसम्बन्धी व्यवस्था रहेको, अत्यधिक प्रशासनिक नियन्त्रण तथा जटिल प्रक्रिया रहेको, अस्पष्ट कानुनी व्यवस्था तथा स्वेच्छाचारी व्याख्याको जोखिम रहेको भन्दै उनीहरूले उक्त नियमावीप्रति आपत्ति जनाएका हुन् ।

उक्त अव्यावहारिक धरौटीसम्बन्धी व्यवस्था पूर्णमा रूपमा हटाउनुपर्ने, विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षण गर्न धरौटीको सट्टा उपयुक्त बीमा, क्षतिपूर्ति तथा  संरक्षण प्रणाली लागुगर्ने पर्ने लगायत माग उनीहरूले राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस