कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (१० घण्टा अघि)
  • ४९ पटक पढिएको
कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण

काठमाडौं, २८ असार। अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ ।

कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो ।

केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ ।

सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस