खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (९ घण्टा अघि)
  • ४२ पटक पढिएको
खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

 काठमाडौं, २८ असार। भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरू राखिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ ।

‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो । आजै गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी टोलीले खरिपाटीको होल्डिङ सेन्टरमा निरीक्षण गरेका थिए ।

मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएर मात्रै होल्डिङ सेन्टरमा प्रवेश गर्न पाइने रिपोर्टिङमा पुगेका सञ्चारकर्मीलाई बताइएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि अहिले सुकुमवासीहरूलाई खरिपाटी लगिएको छ ।

खरिपाटी लगेपछिको अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस