एक लाख सहयोगसँगै गणेश नेपालीकी छोरीलाई पढाउने जिम्मा लिए मोहन बस्नेत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (९ घण्टा अघि)
  • ४२ पटक पढिएको
एक लाख सहयोगसँगै गणेश नेपालीकी छोरीलाई पढाउने जिम्मा लिए मोहन बस्नेत

काठमाडौं, २८ असार। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

उनले गणेशकी आमालाई भेटेर आइतबार एक लाख आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन् ।

बस्नेतले गणेश नेपालीकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाई दिने घोषणा पनि गरेका छन् ।

‘जसको मृत्यु भएको छ, उहाँको पोस्टिक आहार खान र घर वयहार मिलाउनका लागि एक लाख रुपैयाँ म तरुन्त व्यवस्था गरेको छु । उक्त रकम मैले केहीबेरअघि उहाँको आमालाई भेटेर दिएको छु,’ बस्नेतले भने ।

छोरीलाई स्नातकसम्म पढाउनका लागि आवश्यक पर्ने सबै गर्ने पनि उनले अनलाइनखबरलाई बताए ।

गतबिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिकै आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका गणेशको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा बस्नेतले उनको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस