एमालेको खर्च कटौती प्रस्तावले अप्ठ्यारोमा मुख्यमन्त्री शाह, संसदीय दलको बैठक आह्वान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (८ घण्टा अघि)
  • ४४ पटक पढिएको
एमालेको खर्च कटौती प्रस्तावले अप्ठ्यारोमा मुख्यमन्त्री शाह, संसदीय दलको बैठक आह्वान

धनगढी, २८ असार। सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले नै अगामी आर्थिक वर्षको बजेटमा कटौतीको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा परेका छन् ।

शुक्रबार र शनिबार गरी एमालेका ६ जना सांसदले प्रदेश सभामा विषयगत मन्त्रालयअनुसार खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्

संसदीय परम्परामा प्रतिपक्षी दलले दर्ता गराउने खर्च कटौतीको प्रस्ताव संसद्मा लैजाने अभ्यास छ तर सुदूरपश्चिममा सत्तारुढ दलले नै उक्त प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

प्रमुख विपक्षी नेकपाबाट समेत खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि शाहले आन्तरिक छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । धनगढीस्थित मुख्यमन्त्री शाहको सरकारी निवासमा दलको बैठक बसिरहेको छ ।

बैठकले पछिल्लो समय विकसित घटनाक्रमबारे निर्णय लिने स्रोतले जनाएको छ । खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलसँग परामर्श गरेका शाहले प्रस्ताव लिन आग्रह गरेका थिए । प्रस्ताव फिर्ता नलिएमा सरकारबाट बाहिरिन भनेको स्रोत बताउँछ ।

तर शाहले पार्टी केन्द्रको निर्देशनका आधारमा कदम चाल्ने बताएका थिए । अगामी वर्ष २०८३/८४ को बजेटमा कांग्रेसकै सांसदहरुको चर्को असन्तुष्टि छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, उपनेता सन्तोश शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सचेतक जानकी ऐर बम, सामाजिक विकास समिति सभापति धर्मराज पाठक र सांसद दमन भण्डारीले विषयगत मन्त्रालयअनुसार खर्च कटौती प्रस्ताव हालेका छन् ।

नेकपा संसदीय दलका नेता खगराज भट्ट र सांसद मानबहादुर धामीले पनि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् । एमालेले भने यथास्थितीमा बजेट पारित हुन नसक्ने भन्दै खर्च कटौतीको प्रस्तावबाट ब्याक नहुने दाबी गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस