प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै एमालेका सांसद गणेशसिंह ठगुन्नाले यस्तो बताएका हुन् ।
‘मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यलय वा घरमा सावरीसाधन तेर्साएर मानसिक त्रास फैलाउने जुन काम भएको छ’ उनले भने, ‘हेर्दा यो सांकेतिक र सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्को हामीलाई याद आउँछ ।’
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।
एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।
मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसद्मा प्रश्न उठेको हो ।