कैलालीबाट खैरो हेरोइन र धनुषाबाट गाँजासहित दुई/दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३१, बुधबार (१५ घण्टा अघि)
  • २४ पटक पढिएको
कैलालीबाट खैरो हेरोइन र धनुषाबाट गाँजासहित दुई/दुई जना पक्राउ

कैलाली, ३१ असार। कैलालीबाट खैरो हेरोइन र धनुषाबाट गाजासहित दुई/दुईजना पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–७ जटाशंकर घाटबाट लागुपदार्थ खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय चिरञ्जीवी बादी र बर्दगोरिया–२ का २५ वर्षीय दिनेश सुनारलाई ४ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन सहित नियन्त्रणमा लिएको टीकापुर प्रहरीले जनाएको छ ।

यसैगरी धनुषाबाट गाजासहित दुई जना पक्राउ परेका छन् ।

धनुषाको नगराइन नगरपालिका–२ नगराइन बजारबाट १५० ग्राम गाजासहित ५५ वर्षीय हेमन मण्डल र जनकपुर बसपार्कबाट गएराति ११ बजे २१ वर्षीय सुभाष कुमार मण्डल ५० ग्राम गाजासहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस