
काठमाडौं, ३१ असार। उपसभामुख रुवी कुमारी चीन प्रस्थान गरेकी छन् ।
उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागि सहभागी हुन चीन गएकी हुन् ।
बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् उनी चीन गएकी हुन् ।
प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोगामर अनिशा ढकाल छन् ।
असार ३१ गतेदेखि साउन १ गतेसम्म आयोजना हुने उक्त कार्यक्रममा उपसभामुख ठाकुरले प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा क्रममा सिजाङस्थित लिन्ची सहरमा कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उनको भेटवार्ता हुने कार्यक्रम पनि रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उपसभामुख नेतृत्वको प्रतिनिधिमण्डल साउन ४ काठमाडौं फर्कने कार्यक्रम छ ।
