दुई साताका लागि स्थगित हुँदै प्रतिनिधिसभा बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३१, बुधबार (१३ घण्टा अघि)
  • ४४ पटक पढिएको
दुई साताका लागि स्थगित हुँदै प्रतिनिधिसभा बैठक

काठमाडौं, ३१ असार। प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बस्छ । आजको बैठक सुरु भइसकेको छ ।

त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ ।

‘साउन १४ गते अर्को बैठक राख्ने गरी छलफल भएको छ । यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहनेछ,’ कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले भने ।

बैठकको अन्तिममा सभामुखले अर्को बैठक बस्ने समय तोक्ने गर्दछन् ।

आजको प्रतिनिधिसभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री वालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै पेस गर्ने कार्यसूची छ ।

अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने बिधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धीमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजै अनुमोदन गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, माथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस