सार्वजनिक बिदाबारे पुनरावलोकन गर्न कार्यदल, १५ दिनभित्र प्रतिवेदन बुझाउने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ४, सोमबार (१ दिन अघि)
  • ४३ पटक पढिएको
सार्वजनिक बिदाबारे पुनरावलोकन गर्न कार्यदल, १५ दिनभित्र प्रतिवेदन बुझाउने

 काठमाडौँ , ०४ साउन। सरकार सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो ।

उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस