वैदेशिक रोजगार विभागमा श्रममन्त्रीको आकस्मिक अनुगमन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (९ घण्टा अघि)
  • ६० पटक पढिएको
वैदेशिक रोजगार विभागमा श्रममन्त्रीको आकस्मिक अनुगमन

काठमाडौँ , ०५ साउन। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । उनी आज बिहान कार्यालय समय सुरु भएपछि विभागमा पुगेका थिए ।

मन्त्री यादवलाई विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले जानकारी गराएकी छन् । त्यसक्रममा मन्त्री यादवले कर्मचारीहरुबाट कामबारे जानकारी लिँदै केही पीडितहरुका गुनासा र समस्या पनि सुनेका छन् ।

पीडितहरुले पक्राउ पुर्जी जारी भएका व्यक्ति खुलेआम हिँडडुल गरिरहँदा पनि सम्बन्धित जिल्लाका प्रहरीहरुले पक्राउ नगरेको गुनासो मन्त्रीसमक्ष गरेका थिए ।

त्यसपछि मन्त्री यादवले पक्राउ गरेर उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीहरुलाई भन्न कर्मचारीहरुलाई निर्देशन दिए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस