मोरङमा १५ लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (९ घण्टा अघि)
  • ५२ पटक पढिएको
मोरङमा १५ लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक जना पक्राउ

मोरङ, ०५ साउन। मोरङको बुढिगंगा गाउँपालिका–१ टंकी सिनवारी र सीमा इलाकाबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ३२ वर्षीय मोहमद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३ कंकालिनी गण मोरङ र सीमा सुरक्षा गुल्म रानीले नियन्त्रणमा लिएको हो ।

बरामद भएको सामानहरुमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, औषधि, सिटी सफारी र स्कुटर रहेको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद सामान तथा स्कुटर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङ्गमा बुझाइएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस