भक्तपुरमा जन्मदिन मनाउने क्रममा झडप, एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (७ घण्टा अघि)
  • ४४ पटक पढिएको
भक्तपुरमा जन्मदिन मनाउने क्रममा झडप, एक जनाको मृत्यु

काठमाडौँ , ०५ साउन। जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा बिबाद हुँदा कुटाकुटबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भइ हाल सल्लाघारी बस्ने राज कार्की रहेका छन्।

घ्याम्पेडाँडामा आइतबार राति जन्मदिन मनाउन उनीसहित ३०-४० जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको डीएसपी कार्कीले जानकारी दिए।

विवादका क्रममा हानाहान हुँदा राज गम्भीर घाइते भएका थिए। उनको मंगलबार मृत्यु भएको हो।

घटनास्थलमा रहेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। राजको शव दुवाकोट अस्पतालमा राखिएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस