सांसदलाई रास्वपाको निर्देशन: निर्वाचन क्षेत्र जानुअघि पार्टीसँग समन्वय गर्नू

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (७ घण्टा अघि)
  • ३८ पटक पढिएको
सांसदलाई रास्वपाको निर्देशन: निर्वाचन क्षेत्र जानुअघि पार्टीसँग समन्वय गर्नू

काठमाडौँ , ०५ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रमा गरिने भ्रमण राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउनेगरी पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा नागरिकमाझ जाँदा ‘रणनीतिक समन्वय’ गर्न भनिएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोकेको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संघीय संसद् र भुइँ तहका नागरिकबीचको जीवन्त संवाद अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ ।’

रास्वपाले विभिन्न बुँदामा सांसदहरूलाई सचेत पनि गराएको छ । संस्थागत समन्वय र पूर्व–सूचना, स्थानीय मुद्दाको प्राथमिकीकरण, सांगठनिक अपनत्व र जन–परिचालन, मितव्ययिता र सुशासन, नीतिगत पृष्ठपोषण प्रणाली लगायतका विषयमा सचेत गराएको हो ।

‘सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एक–अर्काका पूरक हुन् । सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउनेछ,’ रास्वपाले भनेको छ, ‘जनताप्रतिको हाम्रो जवाफदेहितालाई थप कसिलो बनाउनेछ‌ भन्ने कुरा मनन गर्न समेत पुन: दिशानिर्देश गर्दछौं ।’

यी हुन् रास्वपाले सांसदहरूसमक्ष गरेको निर्देशन–

१. संस्थागत समन्वय र पूर्व–सूचना :

कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ  सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुहुन। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पुग्ने कार्यक्रम भएमा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रलाई सूचित तथा आवश्यक समन्वय गर्न गराउनुहुन ।

२. स्थानीय मुद्दाको प्राथमिकीकरण :

भ्रमणका क्रममा आयोजना हुने अन्तर्क्रियाहरूमा स्थानीय समितिसँग  पूर्व–छलफल गरी, त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दाहरू पहिचान गर्न। ती स्थानीय समस्याहरूलाई समाधानका लागि तत् तत् निकायसँग विधिवत् समन्वय गर्न कार्यसूचीमा प्राथमिकताका साथ समावेश गर्ने ।

३. सांगठनिक अपनत्व र जन–परिचालन :

कार्यक्रमको मोडालिटी तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी गर्न ।

४. मितव्ययिता र सुशासन :

भ्रमण र कार्यक्रमहरूलाई तडकभडक, भड्किलोपन र अनावश्यक खर्चबाट पूर्णत: मुक्त राख्दै, स्रोत–साधनको मितव्ययी उपयोग गरी सुशासनको राजनीतिक सन्देश प्रवाह गर्न।

५. नीतिगत पृष्ठपोषण प्रणाली :

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस