धारिलो हतियार प्रयोग गरी तेह्रथुममा एक महिलाको हत्या, अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ६, बुधबार (१२ घण्टा अघि)
  • ४४ पटक पढिएको
धारिलो हतियार प्रयोग गरी तेह्रथुममा एक महिलाको हत्या, अनुसन्धान सुरु

काठमाडौँ , ०६ साउन। तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा सिमखर्कमा एक महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूको हत्या भएको हो ।

बुधबार बिहान १०:४० बजेको समयमा उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

तेह्रथुमका प्रहरी निरीक्षक खेमबहादुर खत्रीका अनुसार धारिलो हतियार प्रहारबाट रूपाको घटनास्थलमै मृत्यु भएको हो ।

हत्यामा संलग्न आरोपित ३८ वर्षीय कृष्णबहादुर लिम्बू भने फरार रहेका छन् । उनको खोजीका लागि घटनास्थल र वरपरको क्षेत्रमा इलाका प्रहरी कार्यालय आठराई  र चुहानडाँडा प्रहरीचौकीबाट प्रहरी परिचालन गरीएको खत्रीले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस