एनपी साउदको स्पष्ट सन्देश : ‘विशेष महाधिवेशनमा नगएकाहरू दास र लास होइनन्’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ६, बुधबार (११ घण्टा अघि)
  • ६० पटक पढिएको
एनपी साउदको स्पष्ट सन्देश : ‘विशेष महाधिवेशनमा नगएकाहरू दास र लास होइनन्’

काठमाडौँ , ०६ साउन। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता एनपी साउदले पार्टीमा संघर्ष गरेका नेताहरू आफूहरूको पक्षमा रहेको बताएका छन् ।

उनले अहिले पार्टी स्पष्ट नभएको भन्दै विभाजित अवस्थामा रहेको बताए । एकताको पक्षमा लाग्नका लागि नेतृत्वमा भएकाहरूलाई उनले आग्रह गरे ।

बीपी कोइरालाको ४४ औं स्मृतिमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आज ८० प्रतिशत मान्छे जेल गएको, दु:ख पाएको, पार्टीको लाठी खाएको, पार्टीका लागि भविष्यका लागि पनि संघर्ष गर्ने साथीहरू यहाँ उपस्थित हुनुहुन्छ,’ काठमाडौंको प्रज्ञा भवनमा आयोजित सभामा बोल्ने क्रममा उनले भने, ‘त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्वमा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन् । यी भरोसा र विश्वास हुन् ।’

उनले हलमा उपस्थित भएका कार्यकर्ताहरू  नेपाली कांग्रेसका विचार र सिद्धान्तका भरोसा र विश्वास भएको जिकिर गरे ।

‘जबसम्म तपाईंहरू सच्चिएर सबै मिलेर मात्रै लडाईं जित्न सकिन्छ भन्ने मान्यता अघि बढाउन सक्नुहुन्न, तबसम्म नेपाली कांग्रेस स्थापित हुन सक्दैन,’ साउदले भनेका छन्, ‘विशेष महाधिवेशनमा गएको र नगएको पक्षबीच एकताका लागि पहल गर्न सक्नुहुन्नँ, तबसम्म नेपाली कांग्रेसमा जोखिम छ ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस