बीमा र धितोपत्र ऐनअन्तर्गतका कसुरमा फरार प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ७, बिहिबार (१ दिन अघि)
  • ४५ पटक पढिएको
बीमा र धितोपत्र ऐनअन्तर्गतका कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौँ , ०७ साउन। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।

रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

२८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस