
काठमाडौँ , ०८ साउन। नेपालमा अनैतिक कार्य गर्नका लागि विदेशी महिलाको आकर्षण बढेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी काठमाडौंद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
आर्थिक वर्ष २०८२–०८३ मा अनैतिक कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ परेको जानकारी जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिए ।
त्यसरी पक्राउ परेकामध्ये ४७ जना महिलालाई प्रहरी कारवाहीपश्चत् अध्यागमन विभागमार्फत सम्बन्धित देशमा फिर्ता (डिपोट) गरिएको छ ।
प्रहरी कारावही सकिएर पनि बाँकी १० जना महिला डिपोट प्रक्रियामा रहेको प्रवक्ता भट्टारईले बताए । बैंककसहित विभिन्न अफ्रिकी मुलुकका महिलामा नेपालमा अनैतिक कार्यका निम्ति आकर्षण बढेको उनले बताए ।
