आँप बगैँचामा बेवारिसे अवस्थामा भेटियो १४० किलो गाँजा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • ५७ पटक पढिएको
आँप बगैँचामा बेवारिसे अवस्थामा भेटियो १४० किलो गाँजा

पर्सा, १० साउन। पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो ।

लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।

खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस