४९ वर्षदेखि एउटै व्यक्तिको नेतृत्वमा नेपाल रेडक्रसको जिल्ला शाखा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
४९ वर्षदेखि एउटै व्यक्तिको नेतृत्वमा नेपाल रेडक्रसको जिल्ला शाखा

काठमाडौँ, १० साउन। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९ वर्षसम्म निरन्तर रहेका छन् ।

२० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् । नेरेसोको इतिहासमा सबैभन्दा बढी जिल्ला सभापति हुनेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन् ।

२०३४ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोक रेडक्रसको सभापति छन् । उनीपछि धेरै वर्ष संस्थाको नेतृत्वमा ररिहने संखुवासभाका सभापति सरोजकुमार बज्राचार्य र बाराका राजेन्द्रसिंह खड्का छन् । उनीहरूले २०३८ सालदेखि संस्थाको जिल्ला नेतृत्व छोडेका छैनन् ।

रसुवामा बाबुलाल तामाङले २०४१ सालदेखि, सप्तरीका जोगेन्द्र भगत २०४८ सालदेखि, मुस्ताङका चन्द्रबहादुर थकाली र भोजपुरका तुलबहादुर सुब्बाले २०५० सालदेखि, दार्चुलाका गोपालसिंह महराले २०६२ सालदेखी संस्थाको जिल्ला नेतृत्वमा अरू आउन दिएका छैनन् ।

साथै, सिरहाका राजेन्द्रदेव यादव २०५८ र कपिलवस्तुका केशव सिंह २०५४ सालदेखि रेडक्रसको जिल्ला सभापति छन् । नेरोसोका केन्द्रीय अध्यक्ष विशाल भण्डारीले रेडक्रस सोसाइटीमा पुष्तान्तरण सहित रुपान्तरण गरिने जानकारी गराए । केही दिन अघि संस्थाको नेतृत्व सम्हालेका अध्यक्ष भण्डारीले भने,‘रूपान्तरण र पुस्तान्तरणको मुद्दा नेपाल रेडक्रस सोसाइटीमा व्यापक रुपमा उठेको छ । एकै व्यक्तिले पद ओगटेर बसिरहने प्रवृत्तिको अब अन्त्य गर्छौं ।’

१० वर्षभन्दा बढी समय जिल्ला सभापतिमा निरन्तर रहनेहरूको संख्या ३५ बढी जिल्लाका रहेको नेरेसोले जानकारी गराएको छ ।

२० वर्षबढी समय जिल्ला नेतृत्व गर्नेहरू:

ताजा अपडेट

खोजी गर्नुहोस